महोत्तरीमा ट्याक्टर पल्टिँदा सह-चालकको मृत्यु

जनकपुरधाम, ८ भदौं : महोत्तरीको बर्दिबास नगरपालिका ४ माइस्थानमा आइतबार दिउँसो ट्याक्टर पल्टिँदा गम्भीर घाइते भएका सहचालकको मृत्यु भएको छ ।

खेत जोत्ने क्रममा ज ५ त ६९५३ नम्बरको ट्याक्टर पल्टिँदा च्यापिएर सहचालक रहेका स्थानीय २२ वर्षीय बुद्ध थिङ गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै उपचारका लागि बर्दिबासस्थित सिटी केयर अस्पतालमा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

मृतक थिङको शव पोष्टमार्टमका लागि जनकपुर प्रादेशिक अस्पताल ल्याइएको छ । ट्याक्टर चालक स्थानीय चन्द्रबहादुर जिम्बालाई प्रहरीले नियन्त्रण्मा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित : 25 August 2019 12:18 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !