कार्तिक १३ गते सार्वजनिक विदा


काठमाडौं, ७ कार्तिक । सरकारले कात्तिक १३ गते पनि तिहारको सार्वजनिक विदा दिएको छ ।

तिथिअनुसार नेवार समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भएकाले सरकारले सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकाका नेवार समुदायले आफूहरुको भाइटीका पर्नेभन्दै कात्तिक १३ गते विदा माग गरेको थियो ।

सोही अनुसार मन्त्रिपरिषद बैठकले विदाको निर्णय गरेको हो । पाञ्चांग निर्णायक समितिका अनुसार भने तिहारको भाइटीका कात्तिक १२ गते तोकिएको छ ।

प्रकाशित : 24 October 2019 11:00 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ