महोत्तरी जिल्ला प्रहरीका लेखापाल दुईलाख रुपैयाँ घुससहित पक्राउ


काठमाडौं । महोत्तरी जिल्ला प्रहरीमा कार्यरत लेखापाल विनोद विष्ट २ लाख रुपैयाँ घुस लिएको आरोपमा नयाँ बानेश्वरबाट पक्राउ परेका छन् ।

सेवाग्राहीबाट ५० हजार रुपैयाँ नगद र डेढ लाख रुपैयाँको चेक लिएको अवस्थामा एक रेस्टुरेन्टबाट पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियारका अनुसार सेवाग्राहीसँग भवन निर्माण सम्बन्धी विषयमा घुस लिएको अवस्थामा उनी पक्राउ परेका हुन् ।

प्रकाशित : २०८० बैशाख २२, शुक्रबार १६:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ