बारामा बस जाँच गर्दा ८ लाख रुपैयाँ बराबरको मोबाइलको टेम्पर ग्लास बरामद


बारा । पूर्वपश्चिम राजमार्गस्थित बाराको निजगढ नगरपालिका ८ बकैया पुल क्षेत्रबाट सशस्त्र प्रहरीले ८ लाख रुपैयाँ बराबरको मोबाइलको पीभीसी टेम्पर ग्लास बरामद गरेको छ ।

महोत्तरीबाट काठमाडौंतर्फ गइरहेको ना ५ ख ४७६७ नम्बरको यात्रुबाहक बसमा जाँच गर्दा न्यून बिलबिजक भएको उल्लिखित मूल्य बराबरको १६ हजारवटा ग्लास सुरक्षा बेस निजगढले बरामद गरेको हो ।

१६ वटा कार्टुनमा राखिएका ग्लास बरामद ग्लास राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : 7 July 2023 3:55 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ