धनुषामा चिर्पट प्रहार गरेर भिनाजुको हत्या, एक जना पक्राउ


धनुषा । धनुषामा भिनाजुको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा लक्ष्मीनिया गाउँपालिका बस्ने भारतको बनारसका २५ वर्षीय सुरज सिंह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार उनले भारतको सोनपुर चन्दौली बस्ने ३८ वर्षीय शिवमुरत सिंहको लक्ष्मीनियामा हत्या गरेका थिए ।

उनलाई प्रहरीले शुक्रवार दिउँसो पक्राउ गरेको हो। उनीहरू लक्ष्मीनिया बजारमा काम गर्न बस्दै आएका थिए। शिवमुरत सुरजका भिनाजु रहेका प्रहरीले जनाएको छ ।

घरायसी विवादको क्रममा सुरजले दाउराको चिर्पटले प्रहार गर्दा शिवमुरत गम्भीर घाइते भएका थिए। उनको रामा अस्पताल जनकपुरमार्फत भारतको सितामाढीतर्फ लैजानेक्रममा मृत्यु भएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 22 July 2023 5:42 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ