तुलसीपुरमा एक युवकमाथि चक्कु प्रहार


सिरहा । औरही गाउँपालिका २ तुलसिपुरका एक युवकमाथि चक्कु प्रहार भएको छ । चक्कु प्रहारबाट स्थानीय २२ वर्षीय धिरेन्द्र कुमार यादव घाईते भएका हुन् ।

क्रिकेट खेलेको विषयमा विवाद भएपछि मंगलवार राति करिब ८ बजे ७/८ जनाको समूहले धिकरेन्द्रमाथि चक्कु प्रहार गरेका थिए । चक्कु आँखा नजिकै प्रहार गरिएको र टाउँकोमा लाठी हानेकाले उनी गम्भीर घाईते भएका छन् ।

घाईते धिरेन्द्रको उपचार अहिले सिरहास्थित प्रादेशिक अस्पतालमा भइरहेको छ ।

घटनामा संलग्नहरुमध्ये तीन जनालाई चिनेको पीडितले बताए । स्थानीय सन्तोष मण्डल, प्रेम कुमार ठाकुर र राकेश कुमार मण्डलसहितका समूहले आफूमाथि चक्कु प्रहार गर्नुका साथै लाठीले कुटपिट गरेको पीडितको आरोप छ ।

प्रकाशित : 2 August 2023 5:22 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ