धर्म–कर्ममा रमाउँदै सिके राउत : साउनको चौथो सोमबार पूजा गर्न भालेश्वर महादेव


काठमाडौं । नवोदय राजनीतिक दल जनमत पार्टीका अध्यक्ष सिके राउत धर्मकर्ममा व्यस्थ हुन थालेका छन् । सोमबार उनी पूजा गर्न चन्द्रागिरीको भालेश्वर महादेवको दर्शन गर्न पुगेका छन् ।

चन्द्रागिरी पुगेर अध्यक्ष राउतले सामाजिक सञ्जालमा लेखेका छन्–‘ आज श्रावणको चौथो सोमबार चन्द्रागिरीस्थित श्री भालेश्वरनाथ महादेवको दर्शन गर्दै । मन्दिरका महन्थज्यू, कार्यकारिणी प्रबन्धकज्यू तथा सुरक्षा अधिकारीहरूलाई हार्दिक अभिवादनको लागि धेरै धेरै धन्यवाद ।’

आइतबार उनी काठमाडौँको साँखु सालीनदीमा धार्मिक कार्यक्रममा सहभागी रहेका थिए । ओम बोल बम काँवरिया संघले गरेको बोलबम यात्रामा सहभागी भई मन्तव्य दिएका थिए ।

राउत ओशो सन्यासी समेत हुन् । गत वर्ष काठमाडौँको ओशो तपोवनमा पुगेर उनी ओशो सन्यासी बनेका थिए ।

ck1

प्रकाशित : 7 August 2023 4:16 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ