Breaking : नक्कली सर्टिफिकेटमा डाक्टरद्वय चौधरी र यादव पनि पक्राउ


काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा त्रिवि शिक्षण अस्पतालका चिकित्सक पनि पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले टिचिङ अस्पतालका डाक्टर अमृत चौधरीलाई पक्राउ गरेको हो ।

यस्तै अर्का चिकित्सक रन्जितकुमार यादव पनि पक्राउ परेका छन् । सीआईबीले बिहीबार तीन जना चिकित्सकलाई पक्राउ गरेको छ । सांसदसमेत रहेका सुनिल शर्मा यसअघि नै पक्राउ परेका छन् ।

प्रकाशित : 10 August 2023 8:02 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ