मधेशः स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुईजना पक्राउ


जनकपुरधाम । रौतहटको ईशनाथ नगरपालिका १ बाट स्रोत नखुलेको नेपाली १० लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका १४ की २९ वर्षीया रामरती मोक्तान र मकवानपुरकै मनहरी गाउँपालिका १ का ३५ वर्षीय देवराज थिङ्ग छन् । उनीहरु चढेको गाडीबाट १० लाख बरामद भएको र स्रोत खुलाउन नसक्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्र. ३ ०१९०२३ च. ५३८५ नम्बरको गाडीमा बसेको थिङले बोकेको कालो रंगको झोलाबाट एक हजार दरको नोट ८५० थान र पाँच सय दरको नोट ३०० थान बरामद भएको हो । पक्राउ परेकी रामरती गाडी चालक हुन् ।

बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बन्जरहाको संयुक्त टोलीले चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरिएको छ ।

पक्राउ परेका दुबैजना, बरामद गाडी र रुपैयाँ आवश्यक अनुसन्धान तथा कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रकाशित : 6 March 2024 8:38 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ