मिटरब्याज पीडित संघर्षसहितका अध्यक्षसहित दुई दर्जन पक्राउ


काठमाडौं । आन्दोलन गर्दै बालुवाटार पुगेका दुई दर्जनबढी मिटरब्याज पीडित पक्राउ परेका छन् ।

मिटरब्याज संघर्ष समितिका अध्यक्ष अध्यक्ष अवधेश कुशवाहसहित २५ जनालाई बालुवाटारको तीन नम्बर गेटबाट पक्राउ गरिएको मिटर ब्याज तथा ठगीविरुद्ध संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले जानकारी दिए ।

नेपाल प्रहरीले भृकुटीमण्डपमा नै बालुवाटार मार्च रोकेपछि केही पीडितहरू प्रधानमन्त्री निवास ३ नम्बर गेट अगाडि विरोध प्रदर्शन गर्न बालुवाटार पुगेको उनको भनाइ छ ।

६ बुँदे माग पूरा गराउने दबाब मुलक कार्यक्रम गर्न पुगेका थिए ।

प्रकाशित : 6 March 2024 12:45 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ