काठमाडौंमा मधेशीमाथि अत्याचार: बालेन हिटलर बन्न खोजे, साँसद सिंहले मागे गृहमन्त्रीको जवाफ


काठमाडौं । स्वतन्त्र संघीय साँसद अमरेश कुमार सिंहले काठमाडौंमा मधेशीमाथि प्रहरीबाटै अत्याचार भएको भन्दै गृहमन्त्री रवि लामिछानेसँग जवाफ मागेका छन् ।

काठमाडौंमा केहि दिनदेखि कवाडी व्यवसायीसंघ आन्दोलनमा छ । अदालतको आदेश समेत नमानेर मेयर बालेन शाहले व्यावसाय गर्न नदिएपछि कवाडी व्यावसायीहरु आन्दोलित बनेका हुन् ।

आन्दोलनको क्रममा कवाडी व्यावसायीलाई मंगलबार काठाडमौंमा प्रहरीले दमन गरे । घाईते हुनेमा अधिकांश मधेशी समुदायका छन् । उनीहरुको उपचार निःशुल्क गर्न साँसद सिंहले सरकारसँग माग गरेका हुन् ।

उनले काठमाडौंमा मधेशी र गरिबलाई देख्नै नहुने अवस्था सृजना गरिएको र मेयर बालेन हिटलर बन्न खोजेको आरोप लगाए । उनले मेयर बालेनको घर अगाडी फोहोर फाल्न पनि कवाडी संघलाई आह्वान गरेका छन् । हेर्नुहोस् भिडियो :

प्रकाशित : 19 June 2024 5:09 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ