सिरहामा प्रहरी जवान करिश्मा आत्म-ह-त्या प्रकरणः पक्राउ परे प्रेमी, विवादित म्यासेज फेला !


सिरहा । जिल्ला प्रहरी कार्यालय सिराहामा कार्यरत प्रहरी जवान २५ वर्षीया करिश्मा सुनारको मृत्यु प्रकरणमा उनका प्रेमी पक्राउ परेका छन् ।

गत जेठ ३१ गते जिप्रका सिरहाको महिला सेलमा कार्यरत जवान सुनार शौलाचयमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् ।

यो प्रकरणमा बाँकेको वैद्यनाथ गाउँपालिका २ का २७ वर्षीय पुष्कर थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध सुनारलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा आत्महत्या दुरुत्साहन मुद्दामा म्याद थप गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका इन्सपेक्टर उदयभान द्विवेदीका अनुसार थापा मगरलाई मंगलबार पक्राउ गरेर बुधबार अदालतमा म्याद लिइएको छ ।

इन्सपेक्टर द्विवेदीका प्रहरी जवान सुनारको मोबाइल फोनमा थापा मगरले पठाएका कयौँ विवादित म्यासेजहरू भेटिएका छन् । उनका अनुसार थापा मगरले मानसिक तनाव दिने गरी म्यासेजहरू पठाएको भेटिएको हो ।

करिश्मा जिल्ला प्रहरी कार्यालयभित्रको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको दोस्रो तल्लाको बाथरुममा गत जेठ ३१ गते मृत भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

द्विवेदीले मगरमाथि आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा चलाउन म्याद लिइसकेको बताए । सुनार पनि बाँकेको खजुरा गाउँपालिका(४ निवासी हुन् । उनी अविवाहित थिइन्, उनका प्रेमी पुष्कर पनि बाँकेकै हुन् ।

पक्राउ परेका थापालाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित : 19 June 2024 5:23 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ