नापी कार्यालयका सर्भेक्षक यादव ४ लाख रुपैयाँ घुससहित पक्राउ


काठमाडौं । नापी कार्यालय लगनखेल, ललितपुरमा कार्यरत सर्भेक्षक संजिव कुमार यादव घुससहित पक्राउ परको छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालबाट गएको टोलीले नापी सर्भेक्षक यादव र आर.बी. लेखापढी सेन्टरका सञ्चालक राम बाबु भुजेलले जग्गा हालसाविक गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको आरोप लागएको छ ।

उनीहरूलाई सेवाग्राहीबाट ४ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित ललितपुर महानगरपालिका १२ हनुमानस्थान, लगनखेलमा रहेको आरबी सेन्टरबाट बिहीबार नियन्त्रणमा लिएको हो ।

उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् ।

प्रकाशित : 12 July 2024 4:00 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ