सिरहामा सर्पले डसेर महिलाको मृत्यु


सिरहा । चोहर्वामा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ ।

सर्लाहीको पर्सा गाउँपालिका सङग्रामपुर घर भई सिरहाको गोलबजार नगरपालिका ८ चोहर्वा बस्दै आएकी ३० वर्षीया रोशिना खातुनको शुक्रबार मृत्यु भएको हो ।

चुलोबाट खरानी निकाल्ने क्रममा खातुनलाई सर्पले डसेको हो । उनको उपचारका क्रममा कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनलाई चाहर्वा सैनिक गण परिसरमा रहेको जयकाली सर्पदंश उपचार केन्द्रमा पुर्‍याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि कर्जन्हा अस्पताल लगिएको थियो ।

प्रकाशित : 13 July 2024 5:28 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ