मधेश प्रदेशको आर्थिक विधेयक २०८१ पारित


जनकपुरधाम । मधेश प्रदेशसभाले आर्थिक विधेयक २०८१ पारित गरेको छ ।

शनिबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री तथा अर्थमन्त्री सतिशकुमार सिंहले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

सभामुख रामचन्द्र मण्डलले विधेयकलाई निर्णयार्थ पेश गर्दा बहुमतले पारित भएको छ । यो विधेयकमाथि सांसद किरण कुमारीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । उनको प्रस्ताव ध्वनि मतको आधारमा सर्वसम्मत अस्वीकृत भएको थियो ।

सो विधेयकमाथि भएको दफावार छलफलमा सांसद रामआशिष यादव र प्रमोद यादवले उठाएको सवालमाथि मुख्यमन्त्री सिंहले जवाफ दिँदै कुनै प्रकारको कर नबढाएको स्पष्ट पारेका थिए ।

प्रकाशित : 13 July 2024 5:31 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ