सप्तरीबाट दुई लाख बराबरको मेशिनरी बरामद


राजविराज, १० मंसिर। राजविराज नगरपालिका–१४ परसाई टोलस्थितबाट नहरको बाटो हुँदै भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउँदै गरेको एक मोटरसाइकलबाट प्रहरीले रु दुई लाख बराबरको मेशिनरीका सामानहरु प्रहरीले बरामद गरेको छ । को.१७ प ३२८० नं मोटरसाइकलमा लोड गरी भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको दुई कार्टुन सवारी साधनमा लाग्ने मेशिनरी समानहरु प्रहरीले बरामद गरेको हो ।

प्रहरी चौकीको बर्साइनबाट खटिएको प्रहरी टोलीलाई मोटरसाइकल चालकले देखेपछि मोटरसाइकल र समान छोडी भागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बरामद भएका मोटरसाइकल र मेशिनिरी सामानलाई प्रहरीले भन्सार कार्यालय तिलाठीमा बुझाएको जनाएको छ ।

यस्तै सप्तरीको हनुमाननगर कङ्कालिन नगरपालिका–१ भारदह ट्राफिक पोष्ट अगाडिबाट प्रहरीले एक सवारीसाधनबाट भन्सार छलेर ल्याउँदै गरेको ५० हजारभन्दा बढीको सामानहरु बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरी टोलीले पूर्वबाट आउने सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा अवैध रुपमा भन्सार छली लुकाई छिपाई ल्याउँदै गरेको ती सामानहरु बरामद गरेको जनाएको छ ।

प्रकाशित : २०७६ मंसिर १०, मंगलवार १४:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ