गृह मन्त्रालयले माग्यो ६ जिल्लामा ६०० कर्मचारी, दैनिक तलब १२०० (हेर्नुस् विज्ञापन)


काठमाडौं, २३ मंसिर । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचय पत्रतथा पञि्जकरण्का विभागले विभिन्न जिल्लाका लागि दर्ता अपरेटर माग गरेको छ ।

सबै नपाली नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यका लागि विभिन्न जिल्लाका लागि करारमा दर्ता अपरेट माग गरेको हो ।

माग अनुसार झापामा १६४ जना, ललितपुरमा ११७ जना, कञ्चनपुरमा ९१ जनाको दरखास्त मा गरिएको हो । त्यस्तै संखुवासभा, गुल्मी र चितवनमा क्रमशः ४०, ७१ र ११७ को माग गरिएको छ ।

यसका लागि आवेदन सम्बन्धीत जिल्लामा रु १० को टिकट टाँसेर निशुल्क दरखास्त दिन सकिने विभागले जनाएको छ । त्यस्तै तलब भने दैनिक १२ सय उपब्ध गराउने विभागले जनाएको छ ।

प्रकाशित : २०७६ मंसिर २३, सोमबार ०२:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ