फेस एप, युजरको प्राइवेसीमा खतरा


अहिले सोसल मिडियामा फेस एपको निकै चर्चा छ । सेलिब्रटीदेखि सर्वसाधारण प्रयोगकर्तासम्मले यसको मज्जा लिइरहेका छन् । उक्त एपको मद्दतले आफ्नो बुढेसकालको फोटो तयार पारेर सोसल मिडियामा सेयर गर्न सकिन्छ । 

यद्यपि यो एपलाई अहिले खतराको सूचीमा राखिएको छ । यो एप प्रयोग गर्दा आफ्नो प्राइवेसी खतरामा पर्ने बताइन्छ । डेभलपर्सका अनुसार स्मार्टफोनको मद्दतले गरिएको यस्तो गतिविधिले आफ्ना तस्बिरहरू एप निर्माता कम्पनीको सर्भरमा गएर सुरक्षित हुन्छन्, जसका बारेमा प्रयोगकर्तालाई कुनै जानकारी हुँदैन । त्यसैले गर्दा युजरको प्राइवेसी खतरामा पर्छ । उक्त एपले अमेरिका जस्ता राष्ट्रलाई समेत मुस्किलमा पारेको छ । 

कसरी काम गर्छ फेस एपले ?

फेस एपले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को सहयोगले व्यक्तिलाई जवान र वृद्ध दुवै बनाउन सक्छ । यसका लागि एपले युजरको स्मार्टफोनको डाटासँग अनुमति मागेको हुन्छ । एन्ड्रोइड स्मार्टफोन वा आईओएसमा यो एपको मदतले फोटो क्लिक गर्दा सबै डाटा उसको सर्भरमा सुरक्षित हुन्छ, जसलाई पछि फिल्टर गरिन्छ । 

रसियन डेभलपरको एप

यो फेस एप रसियन डेभलपरले निर्माण गरेका हुन् । फेस एप सन् २०१७ मा लन्च गरिएको थियो । दुई वर्षपछि उक्त एप पुरानो फिल्टरका कारण भाइरल भएको हो । 

यस्ता छन् खतरनाक सर्त

फेसएप प्रयोग गर्न निश्चित शर्त तोकिएका छन् र ती सर्त पालना गर्ने स्वीकृतिपश्चात उक्त एप प्रयोग गर्न सकिन्छ । 

एप प्रयोग गरेपश्चात् त्यसमा भएको तस्बिरलाई कम्पनीले कुनै पनि काममा प्रयोग गर्न सक्छ । 

उक्त तस्बिर कम्पनीको प्रचार वा अन्य कुनै पनि काममा प्रयोग गर्न सकिनेछ । यसको जानकारी युजरलाई समेत दिइँदैन । 

आफ्नो तस्बिर कुनै कम्पनीलाई बिक्री गर्न वा धूमपान, मद्यपान आदि बिक्री गर्ने कम्पनीले समेत प्रयोग गर्न सक्ने सम्भावना हुन्छ । 

कम्पनीले कुकिज, लग फाइल, डिभाइसको लोकेसन तथा त्यसको प्रयोगसम्बन्धी जानकारी अन्य कुनै कम्पनीलाई दिन सक्छ । 

फेस एपको प्रतिक्रिया

फेस एपले यी तमाम आरोप अस्वीकार गरेको छ । फेस एपको निर्माता कम्पनीका अनुसार फेस एपको डाटा रसिया ट्रान्सफर गरिँदैन । त्यही फोटो मात्र अपलोड गरिन्छ जुन फोटोमा क्लिक गरिन्छ । फोटो अपलोड गरेको ४८ घण्टाभित्र सबै तस्बिर सर्भरबाट पुरै डिलिट हुने कम्पनीले जानकारी दिएको छ । 

अमेरिकी चिन्ता

रसियाको फेसएपलाई लिएर अमेरिकाका युजरको प्राइवेसी र सुरक्षाको लागि प्रश्न उठाइएको छ । अमेरिकी सिनेटरहरूले यसको जाँच गर्नसमेत माग गरेका छन् । यो एपको मद्दतले ह्यारको पहुँच लाखौ अमेरिकी नागरिकको फोनसम्म भएको र यसले सुरक्षामा खतरा निम्त्याउन सक्ने अनुमान गरिएको छ । 

फेसएपले डाटालाई सर्भरमा सुरक्षित राखेको हुन्छ जसलाई भविष्यमा सार्वजनिक रुपमा प्रयोग गर्न सकिन्छ । उक्त एपको नियमअनुसार युजरको डाटाको प्रयोग टेलिमार्केटिङ तथा विज्ञापनमा प्रयोग गर्न सकिनेछ । 

प्रकाशित : २०७६ भाद्र ६, शुक्रबार ०६:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ