सिरहामा दलित छात्रावासको ३९ लाख फ्रिज, दलित विद्यार्थीको सपना पुरा नहुने चिन्ता

सिरहा, ९ भदौं । सिरहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादब बहुमुखि क्याम्पसमा प्रदेश २ सरकारको सहयोगमा निर्माणाधिन दलित छात्रावास अलपत्र परेको छ ।
समाजमा छुवाछुतका कारण दलित विधार्थीहरुलाई बजारमा कोठा खोजेर अध्ययन गर्न समस्या भइरहेको बेला प्रदेश सरकारले उनीहरुका लागि छात्रावास निर्माण अगाडी बढाएको छ । तर यतिबेला निर्माण कार्य अवरुद्ध छ भने निर्माणाधिन भवन अगाडी पानी जमेको छ ।
आर्थिक वर्ष २०७५/०७६ प्रदेश सरकारको सहयोगमा निमार्ण कार्य सुरु भयो । आर्थिक वर्ष सकेर नयाँ आर्थिक वर्षको एक महिना वितिसक्द पनि पुनः निर्माण सुरु गर्नेतर्फ सम्बन्धित निकायको ध्यान पुग्न सकेका छैन । निर्माण सामग्रीहरु लथालिङ देखिन्छ ।
प्रदेश सरकारले छात्रावास निर्माणको लागि ९० लाख रुपैया बजेट विनियोजन गरेको छ । जसमध्ये ४३ लाख खर्च भएको र ८ लाखको फनिर्चर खरिद गरिएको छ । अन्य ३९ लाख फ्रिज भएको पूर्वधार विकास कार्यलय सिरहाको ईन्जिनियर पशुपति साहले जानकारी दिए ।
बजेट फ्रिज भएपछि पुनः बजेट नआए यसरी नै अधुरो भवन रहिरहने भन्दै दलित अगुवाहरु चिन्तित बनेका छन् । उनीहरुले भवनको निर्माण पुरा गरी छात्राबास संचालनमा ल्याउन प्रदेश सरकारसँग माग समेत गरेका छन् ।
तपाई आफ्नो धारणा लेख्नुहोस् !
ताजा अपडेट
ट्रेन्डिङ
- १. लहानमा दुई अर्बको लगानीमा पाँच सय बेडको मुटु र मधुमेह रोगको अस्पताल बन्दै
- २. मधेस सरकार दलालको कब्जामा ! वडाध्यक्षको योजना पनि विक्री
- ३. गोलाप्रथाबाट केन्द्राध्यक्ष नियुक्ति नभए एसइई परीक्षा प्रक्रियाबाट मधेस सरकार अलग्गिने चेतावनी
- ४. सीके राउतलाई ५ करोड रुपैया दिएको छु, हिसाब माग्दा मलाई कारबाही गरे : यादव
- ५. जनमत नेतृत्वको मधेस सरकारमा योजना खरिद विक्री- मन्त्रीको रेट ८ प्रतिशत, दलालको २० !
- ६. सीके राउतले चढ्दै आएको गाडी किन्न ७० लाख दिएको छु, त्यो गाडी फिर्ता गरोस् : सुरेन्द्र यादव