सिरहा मालपोतमा अनलाइन सेवा सुरु, अब सेवाग्राहीले सहज सेवा पाउने


सिराहा, ९ भदौं । भूमी सुधार तथा मालपोत कार्यालय सिराहाले अनलाइन सेवा संचालनमा ल्याएको छ । आइतबार एक समारोहबीच अनलाइन सेवाको सुरु भएको हो ।

उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीले अब अनलाइन सेवा सुरु भएपछि सेवाग्राहीले सेवा छितो र सहज तरिकाले पाउने बताए । उनले पैसाको लेनदेन यदि कसैले गरेको पाए वा गरेमा अख्तियत्यारलाई खबर गर्न सेवाग्राहीसँग अपिल समेत गरे ।

कार्यालयमा सेवाग्राहीको भिड बढ्दै गएपछि अनलाइन सेवा सुरु गरिएको छ । अब सेवाग्राहीले सेवा लिन सास्ती नपाउने विश्वास कार्यालयको छ । काम छिटो र छरितो बनाउन अनलाइन सेवा मार्फत हुने मालपोत कार्यालय प्रमुख राम बाबू मण्ड्लले बताए ।

प्रकाशित : २०७६ भाद्र ९, सोमबार ०९:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ