महोत्तरीमा बोक्सी भन्दै मलमुत्र खुवाउने २ महिला जेल चलान


महोत्तरी, १० भदौ । बोक्सी भन्दै मलमुत्र खुवाउने दुई महिलालाई जेल चलान गरिएको छ । जेल चलान हुनेमा महोत्तरीको भंगहा नगरपालिका ४ की जागेश्वरीदेवी दनुवार र ईन्दुदेवी दनुवार छन् ।

स्थानीय ३८ बर्षीया एक महिलालाई गत साउन २८ गते बोक्सी आरोपमा मलमुत्र खुवाएपछि उनी दुवै जनालाई प्रहरीले पक्राउ गरेको थियो । महोत्तरी जिल्ला अदालतले सोमवार पूर्वपक्षका लागि कारागार चलान गर्ने आदेश दिएसँगै उनी दुवै जनालाई जलेश्वर कारागार चलान गरिएको छ ।

खेतबाट घर फर्किने क्रममा ति महिलालाई चार जना महिलाले थुतेर मलमुत्र खुवाएका थिए । लगत्तै प्रहरी घटनास्थल पुगेर घटनामा संलग्न दुई महिलालाई पक्राउ गरेको थियो । अन्य दुइ महिला अझै फरार रहेको प्रहरीको भनाई छ ।

प्रकाशित : २०७६ भाद्र १०, मंगलवार ०३:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ