कम बजेटले स्वास्थ्य क्षेत्रको विकास हुन सकेन : राज्यमन्त्री यादब


कपिलवस्तु, १० भदौं । सरकारले स्वास्थ्य क्षेत्रमा आवश्यक बजेट नछुट्याएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवले गुनासो गरेका छन् ।

तौलिहवामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा राज्यमन्त्री यादवले विकसित मुलुकभन्दा एकदमै कम बजेट यहाँ छुट्याएको बताए । उनले भने, ‘विकसित मुलुकमा स्वास्थ्य क्षेत्रमा १० प्रतिशत रकम छुट्याइन्छ । तर यहाँ ४.४ प्रतिशत बजेट मात्र बजेट छुट्याएको छ ।’

उनले आवश्यकता अनुसार स्वास्थ्य क्षेत्रको बजेट नछुट्याएकै कारण स्वास्थ्य क्षेत्रको विकास हुन नसकेको दावी गरे । जनतालाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन सकेमात्र सरकारको नागरिकप्रतिको उत्तरदायित्व पुरा हुने उनले बताए ।

जनताप्रति उत्तरदायित्व पुरा गर्न सरकार योजनावद्ध तरिकाले अगाडी बढ्नुपर्ने उनको भनाई छ ।

प्रकाशित : २०७६ भाद्र १०, मंगलवार १५:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ