कलैया, ११ भदौं । पसलवाट चकलेट चोरेको आरोपमा ३ जना नावालकहरुलाई कलैया उपमहानगरपालिका वडा नम्बर १२ धर्मागरका वडाअध्यक्ष राजेश्वर प्रसाद केशरीले चरम यातना गरेका छन् । अध्यक्षले आफनो घरमा थुनेर चरम यातना दिएको पीडितहरुको आरोप छ ।
स्थानिय हिरा साह केशरीको पसलबाट सोहि वडा निवासी रामपुजन मण्डलका ९ बर्षिय छोरा रुपेश मण्डल, जग्गा पासवानका १० बर्षिय छोरा गुलसन पासवान र नथुनी साह गोरका ११ बर्षिय छोरा राहुल गोरले भदौ २ गते वडाअध्यक्ष केशरीले पीडितहरुसित जनही एक हजारको दरले जरिवाना समेत लिएका हुन् । गुलसन स्थानिय ज्ञान मन्दिर एकेडेमीमा यू केजीमा र राहुल एल केजीमा अध्ययन गरिरहेका छन ।
चकलेट चोरेको आरोपमा कुटपिट गरि टाउको मुण्डनगरि गाँउमा समेत घुमाएको घर्मनगरका पुर्व गाबिस उपाध्यक्ष सहिम कवारीले जनाए । यस सम्बन्धमा वडाअध्यक्ष केशरी सम्पर्कमा आउन चाहेनन् । नाबालकलाई टाउको मुण्डन गरी गाउँमा घुमाउनु गैरकानुनी भएको बताउँदै बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको छानविन गरी दोषीलाइ कार्वाही गरिने बताए । ‘घटना गंभीर प्रकृतीको हो’ उनले भने, नाबालकलाई कसैले यातना दिन पाउँदैन् ।
घटनालाई ढाकछोप गर्न वडा अध्यक्ष केशरीले निकै दिन प्रयास गरेको पीडितहरुलाई अनेक प्रकारको धाकधम्की दिएकाले ढिलागरी सार्वजनिक भएको बताइएको छ ।