प्रदेश र स्थानीय तहमा कर्मचारी युनियन खोल्न नपाइने


काठमाडौं, ११ भदौं । प्रदेश र स्यानीय तहमा कर्मचारी युनियन खोल्न नपाइने भएको छ । सरकारले प्रदेश र स्थानीय तहका कर्मचारीले निजामती टेड्र युनियन खोल्न नपाउने गरी कानुन मस्यौदा तयार पारेको हो ।

संघीय मामिला तथा सामानइ प्रशासन मन्त्रालयले कर्मचारीका लागि सेवा गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी बनेको प्रस्तावित विधेयकको मस्यौदामा टेड्र युनियन खोल्न व्यवस्था उल्लेख नगरी कानुन मन्त्रालयमा रायका लागि पठाएको छ ।

मन्त्रिपरिषद् र अर्थ मन्त्रालयले प्रदेश र स्थानीय सेवा सम्बन्धी विधेयक तय गर्न संघीय मामिला मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिइसकेका छन् । विधेयक संसदबाट पारित भए स्थानीय र प्रदेश सरकार अन्तरगत खटिने करिब ९० हजार कर्मचारी टेड्र युनियनका नाममा सक्रिय हुन पाउने छैनन् ।

पूर्वसचिव श्यामप्रसाद मैनालीले कर्मचारी टेड्र युनियन अधिकारमा राजनीतिकरण भएकाले यसलाई हटाउन नै उपयुक्त हुने बताए । तर अन्तर्राष्ट्रिय सन्धि, सम्झौतामा नेपालले टेड्र युनियन अधिकार सम्बन्धी कानुनमा हताक्षर गरिसकेकाले प्रदेश र स्थानीय तहमा कटौती गर्दा त्यसको उल्लघंन हुने उनको भनाई छ ।

प्रकाशित : २०७६ भाद्र ११, बुधबार ०२:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ