मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा पेश हुँदै


काठमाडौं, ११ भदौं । मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा पेश हुने भएको छ । दर्ता भएको तीन महिनापछि विधेयक राष्ट्रिय सभामा पेश हुन लागेको हो । विधेयकका प्रावधानहरु संशोधन गर्न सरकारले सहमति जनाएपछि विधेयक पेश हुन लागेको हो । बिहीवारको वैठकमा विधेयक दर्ता हुन लागेको हो ।

गत वैशाखमा विधेयक राष्ट्रिय सभामा दर्ता भएपछि नेपाल पत्रकार महासंघ लगायत विभिन्न संगठनहरु आन्दोलनमा उत्रिएका थिए । पत्रकारहरु आन्दोलनमा उत्रिएपछि सरकारले विभिन्न पक्षसँग छलफल र वार्ता गर्दै संशोधन गर्न सकिने जनाएको थियो ।

त्यस्तै प्रमुख प्रतिपक्षी दलले यो विधेयक फिर्ता हुनुपर्ने भन्दै संसदमा विरोध गरेको थियो । दर्ता गरिएको विधेयकमा काउन्सिलका अध्यक्षलाई सरकारले हटाउन सक्ने, समाचार लेखेकै भरमा पत्रकारले १० लाख तिर्नु पर्ने लगायतका व्यवस्था राखिएको थियो ।

जसको तिब्र विरोध भएको थियो । विधेयकको दफा ३ मा मिडिया काउन्सिल बनाउने व्यवस्था गरिएको थियो । दफा १० मा काउन्सिलको अध्यक्षको पदावधिको व्यवस्था गरिएको छ । जहाँ नियुक्त हुने पदाधिकारीलाई सरकारले चाहेका बेला हटाउन सक्ने व्यवस्था प्रस्तावित थियो ।

प्रकाशित : २०७६ भाद्र ११, बुधबार ०९:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ