फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो ?


काठमाडौं, १२ भदौं। सुनको मूल्य फेरि बढेको छ । सुन तोलामा विहीवार पुनः ८०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार छापावाला सुन प्रतितोला ७३ हजार ४०० रुपैयाँ र तेजाबी ७३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सूनको भाउ मंगलबार घटेको थियो । मंगलबार तोलामा ९०० रुपैयाँले घटेर छापावाला सुन ७२ हजार ६०० र तेजाबी सुन ७२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार भने सुनको भाउ घटबढ भएको थिएन ।

केही दिनयता सुनको मूल्यमा निकै ठूलो वृद्धि भएको छ । यो साताको पहिलो दुई दिनमा सुन तोलामा २ हजार भन्दा बढी बढेको छ ।

प्रकाशित : २०७६ भाद्र १२, बिहीबार ०८:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ