ओली सरकारले राज्यलाई नै कम्युनिष्ट बनाउन खोज्यो : नीधि


काठमाडौं, १२ भदौं । नेपाल काँग्रेसका उपसभापति विमलेन्द्र निधिले ओली सरकारले राज्यलाई नै कम्युनिष्ट बनाउन खोजिरहेको आरोप लगाएका छन् ।

ग्लोवल युथ एलायन्सले बिहिबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा उपसभापति निधिले कम्युनिष्ट सरकार स्वीकार्य भएपनि र कम्युनिष्ट राज्य भने स्वीकार्य नहुने बताए । नेता निधिले लोकतान्त्रिक मुल्य र मान्यता विपरित अब विदेशबाटै शासन सञ्चालन गर्ने जस्ता गैरजिम्मेवार पूर्ण व्यवहार भएको भन्दै यसको सबैले विरोध गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओली सिंगापुर जानुअघि मन्त्रिपरिषद्ले सरकारको कार्यसम्पादन नियमावली २०६४ संशोधन गरेकोप्रति आपत्ति जनाउँदै उपसभापति निधिले संशोधित नियमावली फिर्ता गरी मन्त्रिपरिषद् बैठक पूर्बबत बस्ने व्यवस्था मिलाउन पनि सरकारसँग माग गरे । त्यस्तै उनले सरकारले बिभिन्न निकायमा गरेको हस्तक्षेप तुरुन्त हटाउनुपर्नेमा पनि जोड दिए ।

कार्यक्रममा कांग्रेस नेता भीष्मराज आङ्देम्बे, एनपी साउद, रामहरि खतिवडा, नैनसिंह महर लगायतले सरकारका अलोकतान्त्रिक कदमबिरुद्ध युवा विद्यार्थीहरु एकजुट भएर अघि बढ्नुपर्ने आबश्यकतामा जोड दिएका थिए ।

प्रकाशित : २०७६ भाद्र १२, बिहीबार ०९:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ