काठमाडौं, १२ भदौं । विराटनगरमा सात पेशेबर डकैत पक्राउ परेका छन् । गाडी लिएर लुटपाट गर्दै हिडेका डकैत समूहलाई पक्राउले पक्राउ गर्न सफल भएको हो ।
पक्राउ परेका ७ डकैत मध्ये तीन जना भारतीय छन् । पक्राउ पर्ने भारतीयमा भारत विहार मधुवनी बस्ने ३५ वर्षीय धर्मेन्द्र कामत, ३२ वर्षीय लक्ष्मण गुप्ता तथा ४४ वर्षीय मो। मोतिउर रहमान छन् । यस्तै रौतहटको गौर नगरपालिका–३ पोखरिया बस्ने ४१ वर्षीय मो मोहिज धुनियाँ तथा ५० वर्षीय बलराम क्षेत्री, सर्लाही ब्रम्हपुरी गाउँपालिका(४ बस्ने ५२ वर्षीय सेख मो। सलिफ र ४६ वर्षीय शेख अलि असगर पनि पक्राउ परेका हुन् ।
मोरङको शनिश्चरे नगरपालिका १ स्थित इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले बिआर ३२ पिए २८३६ नम्बरको स्कोर्पियो गाडी, विभिन्न कम्पनीका मोबाइल ७ थान, नेपाली नगद १२ हजार ८ सय ५० रुपैयाँ, भारतीय नगद ११ हजार ४ सय १० रुपैयाँ, नेपाली सिमकार्ड १ थान, भारतीय सिमकार्ड ९ थान, फलाम काट्न प्रयोग हुने कटर मेसिन १ थान लगायतका सामान बरामद गरेको छ।
भारत सीतामढीबाट उनीहरुले विराटनगरमा डकैती गर्ने योजना बनाई नेपाल प्रवेश गरेको प्रहरीले जनाएको छ । उनीहरु विराटनगरका विभिन्न ठाउँबाट २० लाख ९० हजारभन्दा बढी लुटपाट गरेको अनुसन्धानबाट खुलेको प्रहरीको दावी छ ।