जनकपुरबाट नशालु कोरेक्स र ट्याब्लेटसहित यि युवक पक्राउ


जनकपुरधाम, १२ भदौं । जनकपुरबाट एक युवक नशालु कोरेक्स र ट्याब्लेटसहित पक्राउ परेका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिका १० का २५ बर्षीय सुवास कुमार यादब पक्राउ परेका हुन् ।

लागुऔषध बिक्रि वितरण गर्ने गरेको गोप्य सूचना पाएपछि खटिएका विशेष प्रहरीको टोलीलाई यादबलाई जनकपुर उप-महानगरपालिका २ जल्हाद पुल नजिकैबाट पक्राउ गरेको छ । उनको साथबाट नाईट्रोभ्याट १६ पत्ता (२४) ट्याबलेट, स्पामो प्रोक्सीभन ४ पत्ता (३२ क्याप्सुल), कोरेक्स ३ बोतल र सिरियञ्ज १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परेका यादबमाथि प्रहरीले कारबाही प्रक्रिया अगाडी बढाएको छ ।

प्रकाशित : २०७६ भाद्र १२, बिहीबार १५:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ