रौतहटमा मेड इन इटाली लेखिएको बन्दुक भेटियो !


रौतहट, १३ भदौं । चन्द्रपुर नगरपालिका-५ स्थित राजपेडा गाउँको भित्री बाटोको बाँसघारीबाट मेड इन इटाली लेखिएको बाह्रबोर एक नाले बन्दुक र केही थान गोली प्रहरीले फेला पारेको छ ।

बन्दुक १ थान सहित सोको जंगी राउण्ड (कार्टिज) ४ थान र फायर भइसकेको कार्टिजको खोका ४ थान फेला पारी शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।

अस्थाई प्रहरी पोष्ट तल्लो बजारबाट खटिएको प्रहरीले गस्ती गर्ने क्रममा एक व्यक्ति झोला फालेर फरार भए पश्चात् उक्त झोलामा प्रहरीले उक्त हतियार फेला पारी बरामद गरेको हो ।

फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ भाद्र १३, शुक्रबार ११:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ