सर्लाहीमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु


सर्लाही, १३ भदौं । ट्याक्टरको ठक्करबाट सर्लाहीमा एक बालकको मृत्यु भएको छ। बागमती नगरपालिका ४ ब्रह्मस्थानमा ट्याक्टरले ठक्कर दिँदा बालकको घटना स्थलमै मृत्यु भएको हो।

कर्मैया हथिऔल सडक खण्डअन्तर्गत क्षेत्रीय सडकमा ना.६ त. ८४३८ नम्वरको ट्याक्टरको ठक्करबाट सोही ठाउँका नवराज बोजुका ९ वर्षीय छोरा युवराज मृत्यु भएको हो। मृतकको शव जिल्ला अस्पताल मंगलबारमा पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको अस्थायी प्रहरी पोष्ट जिरायतले जनाएको छ ।

दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक सुबास भट्टराईले बताए।

प्रकाशित : २०७६ भाद्र १३, शुक्रबार १२:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ