१२ कठ्ठामा लगाइएको गाँजा खेती नष्ट


बारा, १३ भदौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका २२ अमलेखगञ्जस्थित नयाँबस्तीमा प्रहरीले अवैध लागुऔषध गाँजा खेती नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय सिमराको टोलीले अबैध रुपमा करिब १२ कठ्ठा जमिनमा लगाइएको लागु औषध गाँजा खेती नष्ट गरेको हो ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सूर्यबहादुर राना मगरको नेतृत्वको अमलेखगंजबाट प्रहरी नायव निरीक्षक राधेमोहनको नेतृत्वसहित १४ जनाको प्रहरी टोलीले सानो र ठूलो बोट गरी करिब १ हजार ५ सय बोट काट्ने र उखेल्ने गरी नष्ट गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित : २०७६ भाद्र १३, शुक्रबार १३:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ