महोत्तरीमा एक दिने निशुल्क आँखा शिबिर समपन्न


महोत्तरी, १३ भदौं । गत केहि महिना अगाडी तराई मधेशमा आएको भिषण बाढीको प्रकोपका कारण आखाँका बिरामीहरु बढ्न थालेपछि महोत्तरीमा एक दिने निशुल्क आँखा शिबिर संचालन गरिएको छ । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा न.६मा संचालन गरिएको एक दिने निशुल्क आँखा शिबिरमा करिब १५० जना आखाँका बिरामीहरु सेबा लिएका छन् । त्यसमध्ये ४० जना मोतिआबिन्दुका बिरामी फेला परेका छन् ।

नेपाल नेत्र ज्योती संघ पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम सागरमाथा चौधरी आँखा अस्पताल लहानको प्राबिधिक सहयोग तथा समृद्धि विकास समाज एकडारा ६ बगेया महोत्तरीको आयोजनामा भएको निशुल्क आँखा शिबिरले समाजमा रहेका आँखाका बिरामीहरुको लागी एकदमै लाभदायी सेवा प्रदान गरेकोे प्रशंसा गर्दै एकडारा गाउँपालिकाका उपप्रमुख महाजबी खातुनले भनिन् ः शिक्षा तथा आर्थीक स्थितीबाट पछाडी पारिएका हाम्रो समुदायमा यस्ता खाले शिबिर बेलाबखतमा हुनु एकदमै आबश्यक रहेको र अगामी दिनमा यस्ता शिबिरमा स्थानीय पालिकाबाट समेत सहयोग प्रदान गर्ने प्रतिबध्ता व्यक्त गर्नुभयो ।

यता आँखा उपचार केन्द्र जलेश्वरका प्रमुख बिरेन्द्र यादबले भने : आखाँ मानब जीबनको लागी एकदमै संबेदनशिल अंग रहेको र यसलाई बचाउनु हामी सबैको प्रमुख कर्तब्य र अधिकार हो । शिक्षा र अज्ञान्ताको कमि रहेको हाम्रो समुदायमा आँखा सम्बन्धी बिभिन्न रोग लागेपनि समयमै उपचार नगराएका कारण सयकडौँ मानिशले आफनो दृष्टी गुमाउन बाध्य भएका छन् । त्यसकारण हामी सबैले आखाँ सँग कुनै किशिमको खेलबाड नगरि आँखा सम्बन्धी कुनै रोग लागेमा समयमै चिकित्सकको सल्लाह लिई उपचार गराउन उपस्थित सबैमा आग्रह गरे ।

शिबिरमा सहभागीहरुलाई सम्बोधन गर्दै आयोजक संस्था समृद्धि विकास समाज एकडारा ६ बगेया महोत्तरीका कार्यकारी निर्देश्क मुकेश पाण्डेयले भने यो शिबिर बास्तबमै हामी नगरबासीको लागी लाभदायी रहेको र हाम्रो संस्था समाजीक संस्था रहेको कारण समाजको उत्थान र सहयोगको लागी सदैब अग्रणी भूमिका खेल्ने र अगामी दिनमा पनि यस्ता खाले शिबिर संचालन गरिने प्रतिबध्ता व्यक्त गर्नुभयो । सेबा लिएका सम्पूर्ण सेबाग्राहिले आयोजक संस्थालाई धन्यबाद व्यक्त गरेका थिए ।

प्रकाशित : २०७६ भाद्र १३, शुक्रबार १४:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ