३ सय ६० छात्राहरुलाई सेनेटरी प्याड वितरण


राजविराज, १३ भदौं । हेल्प मधेशी जपानको आर्थिक सहयोग ,हेल्प मधेशी नेपालको आयोजना र हेल्प मधेशी सप्तरीको नेतृत्वमा एक कार्यक्रमको आयोजना गरि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका स्थित श्री ल.व.न.उच्च माध्यमिक विधालय वभनगामा कट्टीका छात्राहरुलाई सेनेटरी प्याड वितरण गरिएको छ ।

हेल्प मधेशी सप्तरीका अध्यक्ष रिना झाको अध्यक्षता र चतुरानन्द शर्माको प्रमुख अतिथ्यमा भएको उक्त सेनेटरी प्याड वितरण कार्यक्रममा जम्मा ३ सय ६० जना छात्रालाई सेनेटरी प्याड वितरण गरेको हेल्प मधेशी नेपालका अध्यक्ष राम उदगार यादवले बताए ।

कार्यक्रमका प्रमुख अतिथी चतुरान्द शर्माले हेल्प मधेशी संस्थालाई आभार व्यक्त गर्दै उनले  हेल्प मधेशीद्वारा गरिएको कार्यहरू एकदमै सराहनीय छ , यसको जति प्रसंशा गरे नि कम हुने शब्दले हेल्प मधेशीको प्रसंशा गरेर नपुग्ने बताए ।

हेल्प मधेशी सप्तरीका अध्यक्ष रीना झाले हेल्प मधेशी संस्थाले सधै पीडित लगायत शिक्षा क्षेत्रमा काम गर्दै आएको छ  । हेल्प मधेशी परीवारले आउने दिनहरुमा पनि शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर अगाडि बढने प्रतिबद्धता जनाए ।

कार्यक्रममा हेल्प मधेशी सप्तरीका संयोजक प्रमोद शर्मा, हेल्प मधेसी सप्तरीका सदस्य मो.समीर राइन बिधालयका शिक्षक , बिद्यार्थी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७६ भाद्र १३, शुक्रबार ०५:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ