पूर्वमन्त्री गणेश नेपालीको निधन, आज शवयात्रा !


जनकपुरधाम, १४ भदौं । पूर्व युवा तथा खेलकुद मन्त्री गणेश नेपालीको निधन भएको छ । राजपा नेपालका बरिष्ठ नेता समेत रहेका नेपालीको ७६ वर्षको उमेरमा निधन भएको हो ।

महोत्तरीस्थित जलेश्वरस्थित आफ्नै घरमा उनको निधन भएको आफ्न्तले जनाए । नेपाली विगत लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । शुक्रवार निधन भएको उनको आज जलेश्वरमा शव यात्रा पश्चात अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ ।

पहिलो संविधानसभाका साँसद रहेका उनी माधव नेपाल नेतृत्वको सरकारमा खेलकुद मन्त्री समेत भएका थिए । महोत्तरीको सभापति रहेका बेला २०६४ सालको जनआन्दोलनमा पनि उनी सक्रिय भुमिका निर्वाह गरेका थिए ।

प्रकाशित : २०७६ भाद्र १४, शनिबार ०२:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ