सिरहाकी अमिना : गरिबीकै कारण साङ्लोमा बाँधिएर दिन गुजार्दै


सिरहा, १४ भदौं । सिरहा नगरपालिका–१२ सारश्वर गाउँकी ९८ वर्षीया अमिना खातुन । तीन महिनाअघि उनको मानसिक सन्तुलन गुम्यो । उनलाई उपचार र स्याहारको खाँचो छ । तर, परिवारको चरम गरिबी र अशिक्षाका कारण उनले साङ्लोमा बाँधिएर दिन गुजार्नुपरेको छ ।

मजदुरी गरेर परिवार पाल्ने छोरा मोहम्मद सोएबले गाउँले सहयोग दिएको ९/१० हजारले आमाको सामान्य उपचार गराए । तर निको भएन । आमाले गाली गर्ने हुनाले उनकी पत्नी रुबी खातुन माइत गएर बसिन ।

मजदुरीमा जाँदा सोएब आमालाई घर छेउको सामुदायिक भवनमा बाँधेर राख्छन् । ‘आमाको समस्याले मन पिरोल्छ, उपचार गर्न मन छ तर मजदुरी गरेर छोराछोरीको पेट पालुँ कि आमाको उपचार गरुँ ?,’ सोएबले पीडा सुनाए ।

  • नयाँ पत्रिकाबाट
प्रकाशित : २०७६ भाद्र १४, शनिबार ०३:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ