समाजवादी पार्टीले प्रदेश २ का आठै जिल्लाको इन्चार्ज तोक्यो, विभागको जिम्मेवारी पनि बाँड्यो


जनकपुरधाम, १५ भदौं । समाजवादी पाटीको मधेस प्रदेश समितिले विभिन्न विभाग प्रमुख र जिल्ला इन्चार्जहरु टुङ्गो लगाएको छ । जनकपुरमा बसेको प्रदेश कमिटीको बैठकबाट ११ विभाग र आठै जिल्लाका इन्चार्जको टुङ्गो लगाएको हो ।

पार्टी स्कूल तथा प्रशिक्षण विभागमा रामपृत पासवान, स्थानीय तह विभागमा सुशिल कुमार यादब, कार्यालय व्यवस्थापन समितिमा उर्मिला साह, संगठन विभागमा शम्भु झा, प्रचार प्रसार तथा प्रकाशन विभागमा दिनेश यादब र युवा तथा विद्यार्थी विभागमा ज्ञानेन्द्र यादबलाई तोकेको छ । यस्तै कृषि तथा सहकारी विभागमा रामकैलास यादब, आर्थिक विभागमा रेणु यादब, महिला विभागमा उषा यादब, समाजिक सेवा विभागमा रामअशिष यादब र ट्रेड युनियन विभागमा ओमबाबु गुप्ता प्रमुख भएका छन् ।

यस्तै पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा क्रमशः सिंहासन साह, रामबाबु यादब, ब्रिजकुमार यादब, राजेश सिंह, सरोज सिंह कुशवाहा, रामअशिष यादब, बादल यादब र सत्यनारायण यादबले इन्चार्जको जिम्मेवारी पाएका छन् । बाराको सह इन्चार्जमा उषा यादब, रौतहटको सह इन्चार्जमा बिरेन्द्र यादब, सर्लाहीको सह इन्चार्जमा पंचरामलो. तामांग, महोत्तरीको सह इन्चार्जमा रमेश यादब, सिरहाको सह इन्चार्जमा मनोज सिंह र सप्तरीको सह इन्चार्जमा रामाकान्त चौधरीलाई चयन गरिएको छ । पर्सा र धनुषाका सह इन्चार्ज भने तोक्न सकेनन् ।

यस्तै बैठकबाट ६ जनालाई प्रदेश कमिटीमा मनोनित समेत गरिएको छ । मनोनित हुनेहरुमा लक्ष्मी महतो (महोत्तरी, चन्देश्वर महतो (धनुषा), रामनरेश यादब (महोत्तरी), अशोक कुमार यादब (सर्लाही), अब्दुल कलाम फुलबाबु (रौतहट) र मोजेबुल रहमान (महोत्तरी) छन् । प्रदेश कमिटिमा केहि सदस्य अझै मनोनित गर्न बाँकी रहेको एक नेताले जानकारी दिए ।

पार्टी अध्यक्ष उपेन्द्र यादबको प्रमुख आतिथ्य र प्रदेश अध्यक्ष विजयकुमार यादबको अध्यक्षताममा बैठक बसेको थियो । करिब पाँच घण्टा चलेको उक्त बैठकमा समसामयिक विषयमा प्रदेश अध्यक्ष यादबले प्रतिवेदन प्रस्तुत गरे । पार्टी अध्यक्ष उपेन्द्र यादबले वर्तमान परिस्थिति र संगठन विस्तार विषयमा मन्तव्य राखे । बैठकमा संघीय सरकार छाड्ने र राष्ट्रिय जनता पार्टीसँग एकता गर्ने विषयमा कुनै छलफल नभएको एक पदाधिकारीले बताए ।

प्रकाशित : २०७६ भाद्र १५, आईतवार ०३:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ