महोत्तरीमा खोलाले बगाउँदा २ बर्षीय बालकको मृत्यू


जनकपुरधाम, १५ भदौं । महोत्तरीमा एक बालकको डुबेर मृत्यू भएको छ । महोत्तरी गाउँपालिका १ पर्साटोलका मो. उबेस नटका छोरा २ वर्षीय मो. इरफान नटको डुबेर मृत्यू भएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार घर नजिकै रहेको खोलाको बाँधमाथि खेलिरहेका बेला अचानक लडेर खोलाले बगाउँदा मृत्यू भएको छ । घटना शनिवारको हो ।

प्रकाशित : २०७६ भाद्र १५, आईतवार ०९:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ