जनकपुरमा प्रहरीबाट कुटपिट प्रकरणमा फोर्सले दिए आन्दोलनको चेतावनी


जनकपुरधाम, १५ भदौं । यूथ एक्सन फोर्स जनकपुरले यूवक सुशील कर्णमाथि कुटपिट गर्नेमाथि कारवाही नभए आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

आज धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै फोर्सले यस्तो चेतावनी दिएको हो । घटनाका आइन्दा दोहरिए र उक्त घटनामा संलग्नमाथि कारबाही नभए हजारौं यूवा आन्दोलनमा उत्रने चेतावनी ज्ञापन पत्र मार्फत दिएको छ ।

बिहिबार जनकपुरमा प्रहरीले नारिवल बेच्ने युवकसँग पैसा मागेको भिडियो खिचेका कारण युवक सुशील कर्णमाथि प्रहरीले गरेको अमानवीय घटनाको भर्तसना समेत ज्ञापन पत्रमा गरिएको छ । ज्ञापन पत्र युथ एक्सन फोर्सका अध्यक्ष प्रशान्त झाको नेतृत्वमा बुझाएको हो ।

प्रकाशित : २०७६ भाद्र १५, आईतवार १२:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ