जनकपुरधाम उपमहानगरमा भोलि सार्वजनिक बिदा (हेर्नुस् विज्ञप्ती)

जनकपुरधाम, १५ भदौं । जनकपुरधाम उपमहानगरपालिकाले हिन्दु धर्मालम्वीहरूको पर्व हरितालिका तीज तथा गणेश चतुर्थी (चौठ चन्द)का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
उपमहानगरका निमित प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद यादवले जारी गरेको विज्ञप्तिमा तीज र गणेश चतुर्थीको शुभकामना व्यक्त गर्दै सोमबार उप-महानगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख गरिएको छ।
सोमबार देशभरका हिन्दु महिलाहरूले तीज पर्व मनाउँदै छन्। हिन्दु महिलाहरूले मनाउने तीज भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ। तीजमा भगवान् शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जनसमेत गर्ने गरिन्छ। तीजमा महिलाहरूले आफ्ना परिवारका सदस्यको दीर्घायुका लागि व्रत बस्ने पनि गर्छन्
त्यसैगरी, चौठचन्द पर्वमा सन्तानको दीर्घायू, दाम्पत्य सुख र शान्ति एवं समृद्धका लागि महिला व्रत बस्ने गर्छन्। व्रत बसेका महिलाले साँझ विधिपूर्वक चन्द्रमाको दर्शन गरेपश्चात भोजन गर्ने चलन रहेको छ।
तपाई आफ्नो धारणा लेख्नुहोस् !
ताजा अपडेट
ट्रेन्डिङ
- १. लहानमा दुई अर्बको लगानीमा पाँच सय बेडको मुटु र मधुमेह रोगको अस्पताल बन्दै
- २. मधेस सरकार दलालको कब्जामा ! वडाध्यक्षको योजना पनि विक्री
- ३. गोलाप्रथाबाट केन्द्राध्यक्ष नियुक्ति नभए एसइई परीक्षा प्रक्रियाबाट मधेस सरकार अलग्गिने चेतावनी
- ४. सीके राउतलाई ५ करोड रुपैया दिएको छु, हिसाब माग्दा मलाई कारबाही गरे : यादव
- ५. जनमत नेतृत्वको मधेस सरकारमा योजना खरिद विक्री- मन्त्रीको रेट ८ प्रतिशत, दलालको २० !
- ६. सीके राउतले चढ्दै आएको गाडी किन्न ७० लाख दिएको छु, त्यो गाडी फिर्ता गरोस् : सुरेन्द्र यादव