सर्लाही : ऋण दिएर पटक पटक पैसा असुल्ने र यौन शोषण गर्ने परदेशी पक्राउ


जनकपुरधाम, १५ भदौं । ऋण दिएर पटक पटक पैसा असुल्ने र यौन शोषण गर्ने सर्लाहीका श्याम कृष्ण साह (परदेशी) पक्राउ परेका छन् ।

सर्लाहीको मलंगवा नगरपालिका ४ का भएका परदेशीलाई घर नजिकैबाट पक्राउ गरिएको हो । ऋण लगानी गरेर मनलाग्दी ब्याज असुलेको आरोपमा परदेशीलाई पक्राउ गरिएको सर्लाहीका एसपी गोपाल चन्द्र भट्टराईले जानकारी दिए ।

सर्लाहीका करिब २ सय ९९ जनालाई ऋण दिएर चार/चार पटकसम्म रकम असुलेको परदेशीमाथि आरोप छ। ऋण चुक्ता गरे पनि उनले तमसुक नदिई अदालतमा मुद्दा दायर गरेका कारण कैयौँले आत्महत्या गरेका छन् ।

पटक पटक ऋण तिर्नु परेकै कारण अहिले तीन जना स्थानीय जेलमा छन् भने अदालतबाट पक्राउ पुर्जी जारी हुँदा सयौँ व्यक्ति फरार छन् । कतिपय महिलालाई यौन शोषण समेत गरेको उनीमाथि आरोप छ ।

प्रकाशित : २०७६ भाद्र १५, आईतवार १७:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ