मालपोत कार्यालय बाराको सुब्बा घुससहित पक्राउ


बारा, १६ भदौं । मालपोत कार्यालय बाराको मुद्दा फाँटमा कार्यरत एक कर्मचारी १ लाख रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोतका मुद्दा फाँटमा करार सेवामा पूर्व कार्यरत हरिमोहन सिंह क्षेत्रीलाई घुसहित रंगेहात पक्राउ गरेको हो । क्षेत्रीलाई मालपोत कार्यालय बाराको परिसरबाट सेवाग्राहीसित घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

पक्राउ परेका ति कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लगिएको छ ।

प्रकाशित : २०७६ भाद्र १६, सोमबार १२:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ