नेपाली कांग्रेसद्वारा दोश्रो चरणको राष्ट्रिय जागरण अभियानको घोषणा


काठमाडौं, १६ भदौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रिय समिति बैठक सम्पन्न भएको भोलिपल्ट दोश्रो चरणको राष्ट्रिय जागरण अभियानको घोषणा गर्ने भएको छ ।

आइतबार पार्टी कार्यालय सानेपामा केन्द्रिय समिति बैठकबारे जानकारी दिदै प्रवक्ता विश्वप्रकाश शर्माले अवको एक दुई दिनमै केन्द्रिय समितिको बैठक सम्पन्न हुने र त्यसको भोलिपल्ट नै पार्टी कार्यालयबाट दोश्रो चरणको राष्ट्रिय जागरण अभियानको घोषणा गरिने जानकारी दिनुभएको हो । यसअघि पार्टी संगठनको सुदृढीकरणका लागि भन्दै कांग्रेसले वैशाख २५ देखि जेठ २५ सम्म ७७ वटै जिल्लामा राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको थियो ।

कांग्रेसले ७७ जिल्ला, सबै प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तहमा जागरण गर्ने लक्ष्य अन्तर्गत १०५ औं विपिजयन्तीको अवसर पारेर २४ भदौबाट १० असोजसम्म प्रदेश स्तरीय निर्वाचन क्षेत्रमा जागरण अभियान सञ्चालन गर्ने तयारी गरेको छ । अवको अभियान पहिलो चरणको अभियान भन्दा भिन्न हुने प्रवक्ता शर्माले जानकारी दिनुभयो । त्यस्तै केन्द्रिय समिति बैठकमा समसामायिक बिषय र पार्टीका भातृ तथा शुभेच्छुक संस्थाबारे केन्द्रिय सदस्यहरुले धारणा राखिरहेको प्रवक्ता शर्माले बताउनुभयो ।

कांग्रेसका सबै भातृसंस्था विधानअनुसार समय सकिएपछि यतिबेला निस्क्रिय अवस्थामा छन् । बैठकमा अन्य भातृसंगठनलाई नेविसंघ जस्तै समय थप गरेर अघि बढ्ने वा महाधिवेशनका लागी निर्देशन दिने भन्ने बिषयमा छ लफल भइरहेको प्रवक्ता शर्माले बताउनुभयो ।

प्रकाशित : २०७६ भाद्र १६, सोमबार १३:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ