विप्लवका महोत्तरी इन्चार्ज पक्राउ


जनकपुरधाम, १७ भदौं । प्रतिबन्ध लगाइएको विप्लव समूहका नेकपा महोत्तरी इन्चार्ज पक्राउ परेका छन् । इन्चार्ज रुपबहादुर कार्कीलाई पक्राउ पक्राउ परेका हुन् ।

आइतवार साँझ बर्दिबास नजिकैबाट उनलाई पक्राउ गरिएको महोत्तरीका एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए । पक्राउ परेका उनीमाथि जेठ १३ गते बर्दिबास नगरपालिका कार्यालयमा कुकर बम राखेको प्रहरीको आरोप छ ।

तत्काल प्राप्त सूचना र प्रमाणको आधारमा थप आरोपसहित कार्की विरुद्ध मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ भाद्र १७, मंगलवार ०२:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ