संविधान दिवस : राजपाले ‘विरोध दिवस’ मनाउने, समाजवादी पार्टीले के गर्ला ?


जनकपुरधाम, १७ भदौं । राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालले संविधान दिवसलाई विरोध दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।

राजपाको जारी अध्यक्ष मण्डलको बैठकले असोज तीन गतेलाई विरोध दिवसको रुपमा मनाउने निर्णय गरेको संयोजक राजकिशोर यादबले जानकारी दिए । उनले हालसम्म संविधान संशोधन नभएको कारण विरोध दिवसको रुपमा मनाउने पनि बताए ।

दोस्रो संविधानसभाबाट संविधान जारी हुँदा मधेश केन्द्रीत दलहरुले संविधान सभा बहिस्कार गरेका थिए । उनीहरुले संविधान संशोधनको माग गर्दै आएका छन् ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले पनि मधेश केन्द्रीत राजपा र समाजवादी पार्टीसँग संविधान संशोधन गर्ने दुई बुँदे सहमति समेत गरेको छ । तर, संविधान संशोधनको प्रक्रिया हालसम्म अगाडि बढेको छैन ।

समाजवादी पार्टी नेपाल भने अहिले संघीय सरकारमा छ । गत वर्ष सरकारमा भएकै कारण नेता तथा कार्यकर्तालाई संविधानको विरोध नगर्न निर्देशन दिएका थिए । तर यसवर्ष समाजवादी पार्टीले संविधानको विरोध गर्ने कि नगर्ने विषयमा केहि बोल्न सकेका छैन ।

प्रकाशित : २०७६ भाद्र १७, मंगलवार १६:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ