फेरि बढयो सुनको भाउ, तोलाको ७३ हजार ५ सयमा काराेबार


काठमाडौ, १८ भदौं । सुनको भाउ बुधबार फेरि बढेको छ। प्रतितोला ७३ हजार ५ सयमा कारोबार भइरेहकाे छ ।

केही दिनयता सुनको मूल्यमा निरन्तर उतारचढाव हुने क्रम जारी छ। मंगलबार सुन प्रतितोला ७२ हजार ५ सयमा कारोबार भएको थियो। सुनको मूल्य बुधबार फेरि बढेर ७३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजावी सुनको मूल्य ७३ हजार २ सय प्रतितोला र चाँदीको मूल्य ९ सय ४० मूल्य निर्धारण गरेको जनाएको छ।

प्रकाशित : २०७६ भाद्र १८, बुधबार ०५:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ