कृषि मंत्री खनाल नै डेंगुको सिकार, अस्पताल भर्ना


काठमाडौं, १९ भदौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल नै डेंगुको सिकार भएका छन् । मन्त्री खनालमा डेंगु संक्रमण देखिएको उनको निजी सचिवालयले पुष्टि गरेको हो ।

ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि मन्त्री खनाल निदान हस्पिटल पुगेका थिए । निदान हस्पिटलले डेंगु भएको आशंकामा मन्त्री खनाललाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेफर गरे । शुक्रराज अस्पतालमा रगत परीक्षण गराउँदा डेंगुको संक्रमणको पुष्टि भएको छ ।

मन्त्री खनालको उपचार बुधबारदेखि नै ग्राण्डी अस्पतालमा सुरु गरिएको छ । मंत्रीलाई नै डेंगु रोग लागेपछि संक्रमित क्षेत्रका जनतामा त्रास बढेको छ ।

प्रकाशित : २०७६ भाद्र १९, बिहीबार ०६:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ