हँसपुरका मेयर मण्डलसहित ४ जनाविरुद्ध ज्यान मुद्दा दर्ता


जनकपुरधाम, १९ भदौं । नगरपालिकाको केन्द्र सार्ने विषयलाई लिएर भएको झडपको क्रममा घाईते भएका तपेश्वर मण्डलको बुधबार मृत्यु भएपछि विवाद चर्किएको छ ।

बिहीबार मृतक तपेश्वर मण्डलका आफन्तले हंसपुर नगरपालिकाका नगरप्रमुख रामज्ञान मण्डलसहित ४ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गराएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कुमार कार्कीले जानकारी दिए । जाहेरी दर्ता भएपछि अनुसन्धान थालेको कार्कीले बताए ।

त्यस्तै मेयरलाई कारवाहीको माग गर्दै बिहीबार जनकपुरधाममा मोटरसाईकल र्‍यालीसमेत निकालिएको छ । धनुषाको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलविरुद्ध नारावाजीसहित र्‍याली निकालिएको थियो ।

अहिले मण्डलको शव पोस्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । उनको पोष्टमार्टम भएसकेको र लाश दाहसंस्कारका लागि घर लगिने तयार भएको बताइएको छ ।

प्रकाशित : २०७६ भाद्र १९, बिहीबार १३:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ