महोत्तरी : पोखरीमा डुबेर ६ वर्षिया बालिकाको मृत्यु


महोत्तरी, २० भदौं । महोत्तरी जिल्लाको सम्सी गाउँपालिका–१ पर्साटोलमा खाल्डोको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सम्सी गाउँपालिका–१ पर्साटोल बस्ने प्रमोद महतोकी छ वर्षीया छोरी चाँदनीकुमारी महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताउनुभयो ।

घर नजिकै रहेको मरहाखोलाको डिलमा खेलिरहेकी ती बालिकाको सोही खोलाले किनारमै बनाएको खाल्डोमा रहेको पानीमा डुबेर बिहीबार मृत्यु भएको उहाँले बताउनुभयो । मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित : २०७६ भाद्र २०, शुक्रबार ०६:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ