दिमाग तीखो बनान यी खानेकुरा खानुस्


स्वस्थ जीवनका लागि मस्तिष्क स्वस्थ हुनु आवश्यक हुन्छ । दिमाग तेज बनाउनका लागि केही विशेष आहारहरूमा ध्यान दिनुपर्छ । उमेर बढ्दै जाँदा दिमागका कोशिकाहरू नष्ट हुँदै जान्छन् र स्मरणशक्तिमा ह्रास आउँछ । तर ब्रेन फूड खानुभयो भने दिमागलाई शक्ति प्राप्त हुन्छ । यी हुन् दिमाग तीखो बनाउने खानेकुराहरू :

ओखर : दिनदिनै एक मुट्ठी ओखर खानुभयो भने दिमागका नसाहरू तेज हुन्छन् ।

पालुंगो : पालुंगोमा भएको प्राकृतिक एन्टीअक्सिडेन्ट गुणले शरीरलाई धेरै लाभ दिन्छ । यसमा भएको आइरन र म्याग्नेसियमले स्मरणशक्ति बढाउँछ र रगतलाई दिमाग तथा शरीरका अन्य अंगसम्म पु–याउँछ ।

आलस : आलसको बिउमा फाइबर र प्रोटीन भरपूर हुन्छ । आलसका बिउलाई दहीमा हालेर खाँदा दिमाग तीखो हुन्छ ।

गोलभेंडा : गोलभेंडा सलादका रूपमा खानुभयो भने दिमागलाई धेरै फाइदा गर्छ । यसमा भएको लाइकोपीन एन्टीअक्सिडेन्टले शरीरलाई –याडिकल कणहरूबाट रक्षा गर्छ । मस्तिष्कका कोशिकाहरूलाई यसले सुरक्षित बनाउँछ ।

हरियो तरकारी : हरियो तरकारी भरपूर मात्रामा पोषक तत्त्वहरू हुन्छन् । यिनले दिमागमा खराब असर गर्ने टक्सिनबाट बचाउँछन् । गाजर, बन्दाकोभी, काउली र सिमीहरूमा एन्टीअक्सिडेन्ट गुण हुन्छन् जसले दिमागलाई राम्रो बनाउँछन् ।

दही : दहीमा अमिनो एसिड हुनाले स्मरणशक्ति बढ्छ । यसले तनाव पनि भगाउँछ । दहीमा ड्राई फ्रुट हालेर खाँदा धेरै फाइदा पुग्छ ।

त्यस्तै ब्लुबेरी, केरा, चकलेट, फर्सीको बियाँ, जैतून तेल र साबुत अनाजले पनि दिमाग तीखो बनाउँछन् । – एजेन्सी

प्रकाशित : २०७६ भाद्र २१, शनिबार ००:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ